दफा १६
परिषद्को काम, कर्तव्य र अधिकार
  परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) सभाद्वारा समय समयमा गरिएका निर्णयहरू कार्यान्वयन गर्ने र सभाद्वारा दिइएका निर्देशनहरू पालन गर्ने ।
(ख) प्रज्ञा प्रतिष्ठानको वार्षिक कार्यक्रम, बजेट, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रतिवेदनहरू तथा प्रस्तावहरू निर्णयार्थ सभामा पेश गर्ने ।
(ग) प्रज्ञा प्रतिष्ठानको चल अचल सम्पत्तिको संरक्षण तथा रेखदेख गर्ने ।
(घ) प्रज्ञा प्रतिष्ठानको कोषको व्यवस्था र संचालन गर्ने ।
(ङ) प्रज्ञा प्रतिष्ठानको विभिन्न निकायहरूको व्यवस्थापन र प्रशासनको लागि आवश्यक व्यवस्था गर्ने ।
(च) प्रज्ञा प्रतिष्ठानको लागि प्राप्त हुने दान–दातव्य ग्रहण गर्ने ।
(छ) सभाको निर्देशन र तोकिए बमोजिमका अन्य काम गर्ने ।